राजपाको महाधिवेशन असार मसान्तमा, विवाद छैन : संयोजक भण्डारी(भिडियोसहित)

वैशाख ९, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले समय परिस्थिती अनुकूल नहुँदा समयमै महाधिवेशन गर्न नसकेको बताएका छन् ।

राजपाले यही वैशाखमा महाधिवेशन गर्ने भनेर मिति नै तय गरेको थियो । तर तोकिएको मितिमा महाधिवेशन नभएपछि राजपाको आलोचना भइरहेको छ ।

तर संयोजक भण्डारीले स्थानीय, प्रदेश र संघको निर्वाचनका कारण पार्टीको काम प्रभावित भएको जिकिर गरेका छन् ।

यही वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने भनिए पनि तयारी नपुगेकाले गर्न नसकिएको उनले बताए । यद्यपी तल्लो तहमा भने महाधिवेशनकै काम भइरहेको भण्डारीले जानकारी दिए ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले अब तत्काल महाधिवेशनको मिति तय गरिने बताए । असार मसान्तभित्रै महाधिवेशन सम्पन्न गरिने उनको दावी छ ।


ताजा खबर

Loading...
Loading...
Loading...