Logo

‘योजना गनेर विकास हुन्न, काम गर्नुपर्छ’



रवि सिंह, अध्यक्ष नेपाल निर्माण व्यवसायी महासंघ : अहिले देशको समृद्धिको योजनाको खाका मात्रै बनाइएको छ । समृद्धिकै लागि भनेर खास काम गरिएको छैन । सरकारले पहिलो वर्षलाई आधार वर्ष मानेकाले पनि होला हामीले त्यति धेरै अपेक्षा गरेअनुसारको विकास पाइरहेका छैनौं । राजनीतिक दलहरूले पनि कार्यान्वयनमा त्यति धेरै जोड दिएका छैनन् ।

योजनामाथि योजना थप्ने तर तिनको कार्यान्वयन गर्ने कुरामा सरकार चुकिरहेकै छ । त्यसकारण देशको विकासको लागि हामीले योजना मात्रै बनाएर हुन्न । तिनलाई मूर्र्तरूप दिनका लागि सरकार कस्सिन आवश्यक छ । यदि अहिलेकै स्थितिमा समृद्धि ल्याउँछौं । पाँच वर्षमा देशको आर्थिक क्षेत्रमा ठूलो फड्को मार्छौं भनेर गफ गरिरहने हो भने काम गर्ने कोही हुन्न । गफैले देश बन्दै बन्दैन । देश विकास र समृृद्धिको लागि ठूला योजनामा केन्द्रित विकास हुनुपर्छ । त्यसको नतिजा अहिलेको पुस्ताले मात्रै प्रत्याभूत गरेर हुन्न, पछिल्लो पुस्ताको लागि पनि अहिलेको विकास निर्माणले छोएको हुनुपर्छ । यसको अर्थ विकास निर्माणका काम दीर्घकालीन हुनुपर्छ । त्यसको देशको आर्थिक क्षेत्र र जनताको जीवनस्तरमै सुधार ल्याउन सकेको हुनुपर्छ ।

अहिले प्रधानमन्त्रीज्यूले योजनामात्रै गनेर ती योजनाको बारेमा बारम्बार भाषण गरेको पनि सुनिन्छ । भाषणले मात्रै समृद्ध नेपाल र सुखी नेपाली हुन सक्दैन । यदि विकास चाहने हो भने हामीले ल्याएका योेजनामा केन्द्रित भएका काम गर्नुपर्छ । नेताको विकासले सबै पक्षलाई छोएको र समेटेको हुनुपर्छ ।

यदि भाषणमा मात्रै विकास गरेर जनतालाई टार्ने हो भने त्यसले जनतामा अर्को अविश्वास पैदा गर्दछ । सरकारप्रति जनताको विश्वास झन्झन् घटेको हुन्छ । त्यसकारण समृद्धि चाहने हो भने विकासका कामलाई तीव्रता दिनुपर्छ । जहाँजहाँ पछौटे र निम्छरो विकास भइरहेको छ ती क्षेत्रलाई लक्षित गरेर विकास आयोजनाहरू सरकारले अघि बढाउनुपर्छ । विकास गर्ने र समृद्धि चाहेर देशलाई बनाउने हो भने यो एउटा अवसर पनि हो । तर, सरकारले त्यसको फाइदा लिन सकेको छैन ।

यी हुन सक्छन् सूत्रहरू :

लगानीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने,
पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्ने,
नयाँनयाँ लगानीका क्षेत्र पहिचान गर्ने,



प्रतिक्रिया दिनुहोस्