‘हाइड्रोपावरमा अलिक बढी लगानी गर्नुपर्छ’

डा. शंकर शर्मा, पूर्वराजदूत एवम् सिटिजन्स बैंकका अध्यक्ष : देश समृद्ध बनाउनको लागि चार÷पाँच वटा कुरा आवश्यक हुन्छ । पहिलो कुरा त हाम्रो उत्पादकत्व बढ्नुप¥यो । आर्थिक वृद्धिदर बढ्नुप¥यो । आर्थिक वृद्धिदर र उत्पादकत्व बढाउनको लागि म्यानुफ्याक्चरिङ सेक्टरका उद्योगहरूमा अलिक बढी लगानी गर्नुपर्छ । त्यस्तै, आईटीसम्बन्धीका सेक्टरहरूमा अलिक बढी लगानी गर्नुपर्ने हुन्छ । पर्यटनमा पनि त्यत्तिकै लगानी गर्नुपर्छ । हाइड्रोपावरमा अलिक बढी लगानी गर्नुपर्छ ।

हाइडा«ेमा बढी लगानीमात्रै होइन, हामीले उत्पादन भएकोलाई बेच्न पनि सक्नुप¥यो । भारत र बंगलादेशलाई बेच्न पनि सक्नुप¥यो । कृषिमा हाम्रो दुई वटा समस्या छन् । एउटा वर्षैभरि सिँचाइ हुने जमिन कृषियोग्य भूमिको करिबकरिब २५ प्रतिशतमात्रै छ । यसलाई हामीले अर्को १० वर्षभित्र ५० प्रतिशत पु¥याउनुपर्छ । वर्षैभरि सिँचाइ हुने जमिन ५० प्रतिशत पु¥याउनुपर्छ । दोस्रो कुरा, उच्च मूल्य प्राप्त हुने कृषि उपजहरू (चिया, कफी, तरकारी तथा फलफूल खेती) यिनीहरू १८ प्रतिशत जमिनमा मात्रै लागेको छ । ८२ प्रतिशत जमिनमा हाम्रो धान, गहुँ, मकैजस्तो सिरियल कर्पहरू छ । त्यसकारण हामीले आगामी १५ वर्षभित्र यो १८ प्रतिशतलाई बढाएर कम्तीमा ३६ प्रतिशत पु¥याउनुपर्छ । त्यो ३६ प्रतिशत पु¥याउँदाखेरि त व्यावसायिक खेती नै चाहिन्छ ।

‘म्यानुफ्याक्चरिङ–सेक्टर’ मा हामीकहाँ गत दस/पन्ध्र वर्षमा यो क्षेत्रको सेयर कुल ग्रार्हस्थ उत्पादनमा दस प्रतिशतबाट घटेर साढे ५ मा आएको छ । यसलाई बढाउनको लागि विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र यिनीहरूमा चाहिँ सरकारले सबै प्रकारका सुविधाहरू (बिजुली, पानी, बाटो–घाटो, भारतसँग निकासी पैठारीको लागि पनि बाटो चाहियो) यी सबै दिएर अघि बढ्नुपर्छ । विदेशी लगानी हाम्रो कुल ग्रार्हस्थ उत्पादनको तुलनामा नगन्य छ । प्रतिव्यक्ति विदेशी लगानी एक दशमलव ८ डलर छ । त्यही कुरा बंगलादेशमा प्रतिव्यक्ति १३ डलर छ ।

भारतमा प्रतिव्यक्ति ३३ डलर छ । सकेसम्म हामीले पनि विदेशी लगानी ल्याउने र औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उत्पादन गरेर इम्पोर्ट सवस्टिच्युसनमात्रै होइन, विदेशी लगानीकर्ता आएपछि उनीहरू बढी इफिसेन्ट हुन्छ । बढी क्यापिटल ल्याउँछ । हामीले भारतको उत्तरतर्फ खासगरी उत्तरप्रदेश, विहार, वेस्ट बंगालतिर हाम्रा सामानहरू जान सक्ने अवस्था बनाउनुपर्छ । र, यो उद्योग क्षेत्रमा पनि एउटा के छ भने हामीले फाइनन्स प्रडक्टमात्रै बनाएर बेच्नेभन्दा भारतका ठूला–ठूला इन्डस्ट्रिजहरूसँग सहकार्य गरेर उनीहरूको लागि पनि करारमा काम गरिदिनुपर्छ । त्यस्तो किसिमको नीतिगत व्यवस्थाहरू पनि हुनुपर्छ ।

आईटीमा अहिलेको युवाहरू एकदमै काविल छन् । धेरै राम्रो स्किल छ । तिनीहरूलाई हामीले ‘ट्याक्स–होलिडे’ दिएर भए पनि प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्छ । यसमा हामीले अहिले बाहिरको मान्छे कम मात्रै भए पनि नेपालीहरूले गर्न सक्छन् । अन्तिम भनेको त हाइड्रोपावर नै हो । हाम्रो त्यत्रो जलस्रोत छ । यसलाई सदुपयोग गर्नुप¥यो । त्यो भनेको अहिलेलाई तुरुन्त देखिने गरी गर्न सक्ने भनेको हाइड्रो नै हो । ढिलो भयो भने हामी फेरि सोलारतिर जानुपर्ने हुन्छ । सोलार सस्तो हुँदै जान्छ । भारतसँगको सहकार्यमा ‘इनर्जी बैंक’ भन्ने अहिले जुन कुराहरू भइरहेको छ । त्यसलाई छिटोभन्दा छिटो स्थापना गरेर भारत र बंगलादेशमा निकासी गर्नुपर्छ ।

सरकारले अहिले ऐन तथा कानुनहरू ल्याएको छ । सरकार अब गर्छु भनेर लागिरहेको छ । सबैभन्दा ठूलो पक्ष भनेको नै हाम्रो कार्यान्वयन पक्ष हो । अब अहिले आएका ऐन तथा कानुनहरू कति प्रतिस्पर्धी छन् । र, सबैभन्दा ठूलो कुरा भएका ऐन तथा कानुनहरूलाई कम्प्युटर प्रणाली र अनलाइन प्रणालीमा लैजान सक्यौं भने राम्रो हुन्छ । पहिला भनेको र अहिलेको ऐन कानुनअनुसार एकद्वार प्रणाली लागू गर्न सकियो भने धेरै राम्रो हुन्छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्यौं भने राम्रो हुन्छ । तर, अब धेरै कुरा गर्छु भनेर ठूलोठूलो कुरा मात्रै गर्छु भन्यौं भने कतिपय कामहरू ओझेलमा पर्न सक्छन् ।

मुलुकको समृद्धिको लागि छिमेकहरूसँगको सम्बन्ध एकदमै महत्वपूर्ण छ । हामीले केही कुराहरू उत्पादन गर्ने वा निकासी गर्ने हो भने सबैभन्दा ठूलो भारत नै आउँछ । उत्पादन गर्नको लागि विदेशी लगानीकर्ता आउनुप¥यो । विदेशी लगानीकर्ता आएर काम गर्नुप¥यो भने पनि धेरै कुरा भारतमै हो । अहिले नेपालमा औद्योगिक उत्पादन बढाउनको लागि भारतबाट नै धेरै स्किलहरू आइरहेका छन् । हाम्रो सबैभन्दा नजिकको देश भारत नै हो । भारतलाई अहिले चुनावले छोपेको छ । पहिला जति हामीबीच कन्फ्युजन थियो, त्यति छैन । चीनसँग पनि हाम्रो पुरानो सम्बन्ध त छँदैछ । हामी अलिक बढी चनाखो भएर आफ्नो मुलुकको हितमा केन्द्रित भएर अघि बढ्नुपर्छ । दुवै देशबाट हामीले फाइदा लिने गरी अघि बढ्नुपर्छ ।
०००


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्