रियल मड्रिडद्वारा एथ्लेटिको बिल्बाओलाई ३–० ले पराजित

काठमाडौं, ९ बैशाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–० ले पराजित गरेको छ ।

मड्रिडको यस जितमा करिम बेन्जिमाले ह्याट्रिक गरे। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा मड्रिडले तीनै गोल दोश्रो हाफमा गरेको हो। ह्याट्रिक गर्ने क्रममा बेन्जिमाले दोश्रो हाफको ४७, ७६ र ९०औं मिनेटमा गोल गरेका थिए।

जितसँगै लिगमा रियल मड्रिडको ३३ खेलबाट ६४ अंक बनाएको छ । ऊ लिगको तेश्रो स्थानमा रहेको छ। यस्तै ६८ अंक सहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ। । बार्सिलोना ७७ अंकसहित लिगको पहिलो स्थानमा छ । एजेन्सीको सहयोगमा 


ताजा खबर

Loading...
Loading...
Loading...