कार्यक्रमस्थलबाटै बाहिरिए माधव नेपाल, कारण यस्तो छ

काठमाडौं, ९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबाट बाहिरिएका छन् ।

सोमबार काठमाडौंकोनेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा आयोजित कार्यक्रममा आसन ग्रहण गरेलगत्तै उनी सहभागी नभई बाहिरिएपछि नेकपामा अहिले तरंग पैदा भएको छ ।

आफूले बोल्न नपाएपछि नै नेता नेपाल कार्यक्रमस्थलतबाट बाहिरिएको नेकपानिकट उच्च स्रोतको दाबी छ । उक्त कार्यक्रमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले मात्रै बोल्ने सूची थियो।


ताजा खबर

Loading...
Loading...
Loading...