सरकार र राप्रपाबीचको वार्ता विनानिश्कर्ष सम्पन्न, फेरि अर्को हप्ता बस्ने

काठमाडौं, १० बैशाख । सरकार र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वार्ता विनानिश्कर्ष टुंगिएको छ । मंगलबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा भएको वार्ता विनानिश्कर्ष सम्पन्न भएको राप्रपानिकट उच्च स्रोतले जानकारी दियो ।

राप्रपाका अध्यक्ष कमल थापाले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै २२ बुँदे माग राखेका थिए । तर, सरकारले अहिलेसम्म ती मागहरु सम्बोधन गर्नेतर्फ कुनै चासो नदिएकोले राप्रपा थप आन्दोलित बनेको छ ।

आज भएको वार्तामा राप्रपाका तर्फबाट वार्ताको नेतृत्व दीपक बोहराले गरेका थिए भने सरकारको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए।


ताजा खबर

Loading...
Loading...
Loading...