‘विप्लव’ प्रति गृहमन्त्री थापा झनै कठोर, दिए यस्तो चेतावनी

काठमाडौं, १२ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधि निस्तेज पार्न सफल भएको दाबी गरेका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।  उनले भने,‘विप्लवका गतिविधिहरुलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ, विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको छ । विप्लवजी अब वार्तामा आउनुपर्छ ।’

‘विप्लव’ समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको मन्त्री थापाको स्पष्टोक्ति थियो । उनले थपे,‘शान्ति–सुरक्षामा खलल पु¥याउने छुट कसैलाई छैन ।’


ताजा खबर

Loading...
Loading...
Loading...