Logo

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना, पाँचको मृत्यु



काठमाडौं, १६ वैशाख। पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं. ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा परी जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग बहादुर सोमै, सोही स्थानका ५५ बर्षिय देवीलाल खन्गाह, ४५ बर्षिय लाल बहादुर सारु, ५७ बर्षिय सन्त बहादुर सारु र चालक वुद्धिवल सोती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्