‘शिक्षित युवाहरु नभएकै कारण स्थानीय तहमा बजेटको सदुपयोग भएन’

काठमाडौं, १८ बैशाख । जनमत पार्टीका अध्यक्ष सीके राउतले शिक्षित युवाहरु नभएकै कारण स्थानीय तहमा बजेटको सदुपयोग हुन नसकेको पनि स्पष्ट पारे । उनले सबै स्थानीय तहमा शिक्षित युवाहरुकै अभावमा विकास, निर्माणको कामले गति लिन नसकेको तर्क पनि गरे ।

बुधबार काठमाडौंको कीर्तिपुरमा आयोजित ‘सम्यक निर्माणमा युवा नेतृत्वः सम्भावना र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष राउतले स्थानीय तहलाई उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गरेका छन् ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेमात्रै रोजगारीको अवसर सृजना हुने र त्यसले मुलुकमा बेरोजगारी समस्या हल गर्दै लैजानेतर्फ पनि स्थानीय तहहरुको गम्भिर ध्यानाकर्षण गराए ।

बोल्दै उनले स्थानीय तहको करोडौंको बजेट सदुपयोग गर्न युवाहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत आग्रह गरे । बाटो निर्माणको नाममा स्थानीय तहले बजेट दुरुपयोग गरिरहेकाले त्यसलाई रोक्न युवाहरु अग्रसर हुनुपर्ने अध्यक्ष राउतको भनाई छ ।

 


ताजा खबर

Loading...
Loading...
Loading...