च्याम्पियन्स लिगमा लिभरपुलमाथि बार्सिलोनाको शानदार जीत

काठमाडौं, १९ बैशाख । स्पेनिस जायन्ट क्लब बार्सिलोना युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगको खेलमा इङ्गलिस प्रिमियर क्लब लिभरपुललाई ३–० ले पराजित गर्दै बार्सिलोनाले फाइनलमा पुग्ने संभावना बलियो पारेको हो ।

गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा लुइस सुवारेजले एक गोल थपे । यो हारले लिभरपुल भने दबाबमा आएको छ । सेमिफाइनल दोस्रो लेगको खेल अर्को हप्ता लिभरपुलको मैदान एन्फील्डमा हुनेछ ।

प्रतियोगिताको अर्को सेमिफाइनलमा इंग्लन्डको टोटनह्याम हट्सपरमाथि नेरल्यान्ड्सको आयाक्स एम्सटरडमले पहिलो लेगमा १–० को अग्रता लिएको छ । एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...