लिग च्याम्पियन बनिसकेको बार्सिलोना पराजित

स्पेन, २२ बैशाख । स्पेनिस लिग ला लिगामा फुटबलमा यो सिजनकै लिगको च्याम्पियन बनिसकेको बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई सेल्टा भिगोले २–० ले हराएको हो ।

सेल्टा भिगोका लागि म्याक्सी गोमेज र इयागो आसपासले एकरएक गोल गरे । स्पेनिस लिग फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले यो खेलमा आफ्ना स्टार खेलाडीहरु लियोनल मेसी, लुइस सुवारेज, फिलिप कौटिन्होलगायतलाई खेलाएका थिएन ।

र, दोस्रो स्थानको एथ्लेटिको मड्रिड पनि हिजोको खेलमा पराजित भएको छ । ला लिगा फुटबलकै अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई इस्पानियोलले ३–० ले हरायो । यसैगरी, लेभान्तेले रायो भायकानोलाई ४–१ ले हराउँदा रियाल सोसिडाडले आलाभेजलाई १–० ले पाखा लगायो । एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...