Logo

“कम्युनिस्टहरू राजतन्त्रकै गर्भबाट आएजस्तो छ, कांग्रेस त थारो गाई भइहाल्यो,” : राजेन्द्र श्रेष्ठ



काठमाडौं, २३ बैशाख । आजमात्रै घोषणा भएको समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र श्रेष्ठ नेकपा र कांग्रेसविरुद्ध खनिएका छन् । उनले कम्युनिष्टहरु राजतन्त्रकै गर्भबाट आएको गम्भिर आरोप लगाए ।

सोमबार काठमाडौंको प्रज्ञाभवनमा जारी पार्टी एकता घोषणा सभामा उनले यस्तो कडा टिप्पणी गरेका हुन् । उनले साम्यवाद र राजतन्त्र हात्तीछाप चप्पल जस्तै भएको टिप्पणी गरेका छन् ।

श्रेष्ठले भने,“कम्युनिस्टहरू राजतन्त्रकै गर्भबाट आएजस्तो छ। कांग्रेस त थारो गाई भइहाल्यो, हाम्रो समाजवादी पार्टी पुराना शक्तिहरूको निरन्तरता होईन । समाजवादी पार्टी चार स (सङ्घीयता, सुशासन, समृद्धि, समाजवाद) को अवधारणामा गठन भएको हो ।



प्रतिक्रिया दिनुहोस्