घरेलु मैदानमै रियल मड्रिडको संघर्षपूर्ण जीत, मारिनोको गोल निर्णायक

काठमाडौं, २३ बैशाख । स्पेनिश ला लिगामा रियल मड्रिडले संघर्षपूर्ण जीत निकालेको छ । आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रियलले भिल्ला रियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

रियलका लागि मारिनोले दुई गोल गर्दा जिसस भाल्लेजोको नाममा एक गोल रह्यो । भिल्ला रियलका मोरिनो र जामे कोस्टाले गोल फर्काएका थिए । खेलको दोस्रो मिनेटमा नै मारिनोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भिल्ला रियलका मोरिनोले ११ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

४० औं मिनेटमा भाल्लेजोले गोल गर्दै रियललाई २-१ गोलको अग्रता दिलाएका थिए । मारिनोले ४९ औ मिनेटमा अर्को गोल गरेपछि रियल ३(१ गोलले अघि रहेको थियो ।

खेलको अतरिक्त समयमा कोस्टाले गोल गरेपछि भिल्लारियल ३–२ गोलको स्थितिमा पुगेको थियो । तर रियललाई रोक्न भने सकेन । तेस्रो स्थानमा रहेको रियलले जितसँगै ३६ खेलबाट ६८ अंक बनाएको छ । पराजित भिल्ला रियलको ४० अंक छ । एजेन्सीको सहयोगमा 


ताजा खबर

Loading...
Loading...
Loading...