जेल जान र मर्न तयार छौं, तर प्रेस मार्ने कानून मान्दैनौं : सिग्देल

काठमाडौं, २८ बैशाख ।  नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले संसदमा दर्ता भएको प्रेस काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरे । अहिले सरकारले जसरी प्रेससम्बन्धी ऐन तथा कानून ल्याउन खोजेको छ त्यसले पत्रकारहरुलाई कमजोर र भयवित तुल्याएको सिग्देलको आरोप छ ।

सत्तामा एकपटक पुग्दैमा सबै कुरा बिर्सनु महाभुल भएको भन्दै उनले प्रधानमन्त्री र सञ्चारमन्त्रीको ध्यानाकार्षण गराए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘सरकारले गरेका गलत कामको बारेमा नलेख्न र नबोल्नको लागि थ्रेटको रुपमा यस्तो विद्येयक ल्याउन लागेको हो । हामीलाई यो कुनैपनि हालतमा स्विकार्य छैन् ।’

विद्येयककै कारण प्रेसका साथीहरु डरले थर्रथरको अवस्थामा रहेको पनि उनले सुनाए । उनले भने,‘यो विद्येयकका प्रावधानले पत्रकारहरुमाथि बज्रपात गरेको छ । यसले पत्रकारहरुलाई खाँडी मुलुक जाने अवस्थाको सिर्जना गरेको छ । अब सरकारको गुनगान र भजन गाउने दिन आउन थाल्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ वर्ष जेल बसेको भन्दै त्यसमा आफूहरुलाई गर्व रहेको सुनाउँदै सिग्देलले भने,‘तर, आज के भयो ? मन्त्री हाम्रै साथी हो । आज यस्तो ऐन ल्याउन केले उक्सायो ? रेल ल्याउनुहोस् । पानीजहाज ल्याउनुहोस् । महँगी नियन्त्रण गर्नुहोस न केले रोकेको छ ? जनताले प्रेसलाई निमोठ्नको लागि दुई तिहाई दिएको हो र ?’

आफूहरु मर्न र जेल जान तयार रहेको सुनाउँदै प्रेसविरोधी ऐन तथा कानून कुनैपनि हालतमा नमान्ने सिग्देलको उद्धघोष छ । उनले भने,‘प्रेसलाइृ मार्न खोजिँदैछ, हामीलाई सह्य छैन् ।’ प्रेस काउन्सिल विद्येयक संविधान विपरित रहेको पनि उनले जनाए । उनले भने,‘अहिले हामी यो विद्येयक तत्काल फिर्ता लिन वा पूनरावलोकन गर्न आग्रह गर्दछौं ।’


ताजा खबर

Loading...
Loading...
Loading...