चिलीमा बस दुर्घटना

सान्टियागो, २९ बैशाख । दक्षिण अमेरिकी राष्ट्र चिलीमा भएको बस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अरु ३० जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार पुलम्यान कम्पनीको उक्त बस स्थानीय समय अनुसार शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण अझै थाहा नभएको कम्पनीका व्यवस्थापक जोजे सिल्भाले जानकारी दिनुभयो । उक्त बस पुर्टो भारासतर्फ गइरहेको थियो । बसमा करिब ५२ जना यात्रु सवार थिए । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान थालेको छ ।रासस


ताजा खबर

Loading...
Loading...
Loading...