गगन थापाले ओली र चित्रबहादुरलाई एउटै क्याटेगोरीमा राखे

काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको बलियो सरकार बरालिएको बताएका छन्।

दाङको दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा हिजो (शनिबार) प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका कांग्रेस नेता थापाले देशलाई प्राप्त ठूलो अवसर कम्युनिस्ट सरकार कै कारण गुम्ने खतरा आउन थालेको बताएका हुन्।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण संघीयता खतरामा परेको आरोप लगाए हुन् । उनले चित्रबहादुर केसीभन्दा प्रधानमन्त्री ओलीलाई संघीयता मन नपरेको दोषारोपन गरे। उनले भने,‘चित्रबहादुर केसी भन्दा पनि नेपालमा संघीयता चल्दैन भन्ने कोही मान्छे छ भने दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’


ताजा खबर

Loading...
Loading...
Loading...