ला लिगामा रियल सोसीडाडसँग रियल म्याड्रिडको लज्जास्पद हार

स्पेन, ३० बैशाख । स्पेनिस ला लिगमा रियल म्याड्रिडले रियल सोसीडाडसँग लज्जास्पद हार खेपेको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिड रियल सोसीडाडसँग ३–१ गोलले पराजित भएको हो । सोसीडाडको मैदानमा १० खेलाडीमा सीमित बनेको रियलले पूरै लय गुमायो ।

छैटौ मिनेटमा ब्राहिम डियाजले रियललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा म्केल मेरिनोले गोल गर्दै सोसीडाडलाई बराबरीमा फर्काए । ३९ औं मिनेटमा रियलका जेसस भालेहो रातो कार्ड खाँदै बाहिरिएका थिए ।

त्यसपछि ५७ औं मिनेटमा जोसेबा जाल्दुआले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६७ औं मिनेटमा आन्दर बारेनेटजेयाले सोसीडाडका लागि अर्काे गोल थपेका थिए । हारसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा छ ।

रियलले ३७ खेलमा ५८ अंक बनाएको छ । चौथो स्थानको भ्यालेन्सियाको ५८ तथा पाँचौ स्थानको गेटाफेको पनि ५८ अंक रहेको छ । रियलले अन्तिम खेलमा रियल बेटिससँग खेल्नेछ ।

 


ताजा खबर

Loading...
Loading...
Loading...