Logo

‘नेपाल-भारत सम्बन्धको भविष्य उज्जवल छ, ईपिजीको प्रतिवेदन भारत सरकारले चाँडै बुझ्छ’



कमलमणि पोखरेल : नयाँ दिल्ली, ३१ बैशाख । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले भारतले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन भारत सरकारले चाँडै बुझ्ने विश्वास दिलाएका छन् ।

नयाँ दिल्लीमा रहेको नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको संक्षिप्त कुराकानीमा राजदुत आचार्यले यस्तो स्पष्ट पारेका हुन् । उनले भने,” भारतले ईपिजीको प्रतिवेदन लिन नमानेको हैन, नदिइएको हो । भारतले बुझ्दिन भनेकै छैन ।”

उनकाअनुसार दुवै तर्फका प्रवुद्ध व्यक्ति सम्मिलित भएर तयार पारेको उक्त प्रतिवेदनमा दुवै पक्षको सहमति रहेको छ । उनले अघि थपे,”प्रतिवेदन बुझ्न ढिला हुनुको कारण २ सरकारकै हो। धैर्य गरौं । भारत सरकारले चाँडै नै प्रतिवेदन बुझ्छ ।” नेपाल-भारतबीचका सबै खाले सम्बन्धबारे इपिजिले महत्वपूर्ण कुराहरु समेटेको उनको भनाई छ ।

त्यस्तै, उनले नेपाल-भारत सम्बन्धको भविष्य उज्जवल रहेको समेत दाबी गरे । भारतमा यतिवेला चुनाव भैरहेकोले आफू राजदुतको जिम्मेवारी लिएर भारत आएपछि पनि महत्वपुर्ण राजनीतिक भेटवार्ता हुन नपाएको आचार्यले सुनाए ।



प्रतिक्रिया दिनुहोस्