सन्दिपको रोजाईमा १० लाखको स्पोर्टस बाईक, बिएमडब्लु ब्राण्ड

काठमाडौं, ३१ बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्ने स्पोर्ट्स बाईक किनेका छन् । भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर भर्खर स्वदेश फर्किएका सन्दीपले बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो बाइक किनेका हुन् ।

सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गर्दै आफ्नो परिवारमा नयाँ सदस्य थपिएको उल्लेख गरेका छन् । सन्दीपले आइपीएलमा दिल्ली क्यापटिल्सबाट खेलेका थिए । उनले दिल्लीमा ५५ लाख रुपैयाँ पारिश्रमिक पाएको बताइएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...