व्यक्तिका नाममा राजमार्गको जग्गा !

काठमाडौं १ जेठ । गोलबजार नगरपालिका–९ (साबिक चन्द्रउदयपुर गाविस–८) स्थित दुई बिघा नौ कट्ठा तीन धुर सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।

व्यक्तिका नाममा दर्ता भएको सो जग्गामा पूर्व–पश्चिम राजमार्गसमेत परेको छ । २०५८ सालमा स्थापित सुकुमबासी समस्या समाधान आयोगको सिरहा समितिमार्फत गोलबजार नगरपालिका–५ (साबिक असनपुर–६) का फौजबहादुर भट्ट क्षेत्रीका नाममा उक्त क्षेत्रफको जग्गा दर्ता भएको हो ।

भट्ट क्षेत्रीका नाममा दर्ता भएको उक्त जग्गा ०७४ असोज २० गते रजिस्ट्रेसन नम्बर २,६६० को राजीनामा लिखतबाट भट्ट क्षेत्रीले अरुलाई बिक्री गरेको देखिन्छ ।

कित्ता नम्बर १२२ मा रहेको दुई बिघा नौ कट्ठा तीन धुर जग्गाको केही भाग पूर्वपश्चिम राजमार्गमा परेपछि कित्ताकाट भएको थियो । त्यसक्रममा कित्ता नम्बर ४१९ को एक कट्ठा ८ धुर सडकमा र बाँकी कित्ता नम्बर ४२० को दुई बिघा ७ कट्ठा १५ धुरमात्र थियो । तर सडकमा परेको जग्गासमेत मालपोतका तत्कालिन अधिकारीको मिलेमतोमा व्यक्तिका नाममा पास गरिएको हो ।–नागरिक दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...