सरकारी अस्पतालमै निजी क्लिनिकको व्यापार

काठमाडौं १ जेठ । छोरा पावेलको हात भाँचिएपछि कैलालीको चौमालाकी खिना खत्री बिहीबार हतारिँदै सेती अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगिन् । त्यहाँ पुग्नेबित्तिकै एकजना अपरिचित व्यक्ति आएर ‘यहाँ ढिला हुन्छ, सिटी पोलिक्लिनिकमा लैजानुस्, तुरुन्तै उपचार हुन्छ’ भने ।

पैसा अभावमा छोरालाई सेतीमै भर्ना गराएकी उनले उपचार पाउन चार दिन पर्खनुप¥यो । अर्थोपेडिक वार्डमा कुरुवा बसेकी खिनाले भनिन्, ‘२० हजार लाग्छ, निजीमा लैजानुस् भनेका थिए, पैसा नभएर मैले यतै गराउँछु भनेँ, यहाँ अप्रेसन गराउन चार दिन पर्खनुप¥यो ।’

सेतीमा न्यून शुल्कमा हुने उपचारका लागि सेतीकै डाक्टर सुशील भण्डारीले सञ्चालन गरेको सिटीमा २० हजार लाग्छ । सिटीका मात्र नभई धनगढीमा खुलेका निजी अस्पतालका एजेन्टहरु बिरामी तान्न विभिन्न वार्डमा खटिएका हुन्छन् । –कान्तिपुर दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्