७८ लाख धरौटी बुझाएर पाठक रिहा भए

काठमाडौं, १ जेठ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकसित ७८ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसित विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बुधबार सो धरौटी मागेको हो । अदालतले मागेको धरौटी रकम बुझाएर पाठक बुधबारै रिहा पनि भएका छन् ।

पाठकले नेपाल बंगलादेश बैंकको बैंक ‘ग्यारेन्टी’ प्रस्तुत् गरेका थिए । पाठक बुधबार सुटुक्क विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतमा बुधबारै थुनछेक बहससमेत भएको थियो ।

 


ताजा खबर

Loading...
Loading...
Loading...