‘नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सपो एन्ड कन्क्लेभ’को आयोजना

काठमाडौं, १ जेष्ठ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आजदेखि काठमाडौमा ‘नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सपो एन्ड कन्क्लेभ’को आयोजना गरेको छ ।

भारतीय राजदूतावास र ‘फ्रन्चाइज’ इण्डियाको सहकार्यमा ‘नेपाल–इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सपो एन्ड कन्क्लेभ’को सुरु गरिएको छ। कार्यक्रमको पहिलो दिन भोली विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल भएको छ ।

सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जेठ २ गते होटल याक एण्ड यतिमा उद्घाटन हुने कार्यक्रम छ । नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकको विश्वास छ ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal


ताजा खबर

Loading...
Loading...
Loading...