नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन (फोटोफिचर)

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अन्तर्रा्ष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज उद्ध्घाटन गरेका छन् । खानी तथा भू–गर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताए । ‘यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले यसको प्रचार प्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्दछ ।’ प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलहरुको पनि अवलोकन गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम


ताजा खबर

Loading...
Loading...
Loading...