Logo

खुँखार डाँका काले पक्राउ(फोटोफिचर)



काठमाडौँ,६ जेष्ठ । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका एक डाँकालाई गोली हानी प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखाबाट काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो ।

डकैतीमा संलग्न तामाङलाई पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि आफूहरुले घुँडामुनि गोली हान्न बाध्य भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङ विभिन्न ८ ठाउँमा डकैती गरेको आरोपमा २०७२ सालमा ६ वर्ष जेल सजाय पूरा गरि छुटेका थिए । त्यसपछि पनि उनले सात ठाउँमा डकैती गरेको प्रहरीको भनाई रहेकोे छ ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्