आपत्तिजनक अवस्थामा भेटिएपछि केटाद्धारा आत्महत्या

काठमाडौं,जेष्ठ ५ । दक्षिणी दिल्लीको टिगरी इलाकामा एक महिलासँग आपत्तिजनक अवस्थामा भेटिएपछि जेजे कोलोनी निवासी पंकजले पाँच तलाबाट हाम फालेर आत्महत्या गरेका छन् ।

महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेपछि त्यहाँ तनाव उत्पन्न भएको थियो । तनाव उत्पन्न भएपछि उनले भवनको पाँचौं तल्लाबाट हाम फालेका थिए । प्रहरीको प्रभाम्भिक अनुसान्धनबाट उनीहरूबीत पहिलेदेखि नै अनैतिक सम्बन्ध थियो । उनीहरू एउटै भवनमा बस्दैँ आएका थिए ।

प्रहरीको अनुसार जेजे कोलोनी घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए । तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए ।

उनीहरूले घरको ढोका बन्द गर्न पनि भुलेका थिए । त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । भारतिय प्रहरी डिसिपी विजय कुमारका अनुसार श्रीमानको रिस र डरले महिलाले आफ्नो हातको नसासमेत काट्ने कोसिस गरेकी थिइन् । तर उनलाई अरूले नसा काट्न भने दिएनन् ।

यसैबीच श्रीमानले श्रीमतीका बुवा र दाइलाई फोन गरेर घटनाबारे सबै जानकारी दिने चेतावनी दिए । कोठामा श्रीमान्–श्रीमतीबीच बहस चलिरहेका बेला पंकज बालकोनीमा आए र पाँचौं तल्लाबाट हाम फाले ।

तल झरेपछि केही मानिसहरुले पुलिसको मद्दतले उनलाई अस्पताल पुर्याए जहाँ डाक्टरले उनलाई मृत घोषित गरे । जानकारीका अनुसार पंकज दुई वर्ष अघि ती महिलासँग परिचित भएका थिए र त्यतिबेला देखि नै उनको घर आउ–जाउ गर्दथे ।

पुलिसले तीनैजनाको मोबाइल फोन जफत गरेर अनुसन्धान थालेको छ ।एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...