प्रधानमन्त्री बिरुद्ध सामाजिक संजाल प्रयोग गर्ने पक्राउ

काठमाडौ,६ जेठ । प्रधानमन्त्री केपी ओलीबारे लेखेका एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । महाशाखाको टोलीले नेपाली एक अनलाईन मिडीयामा प्रधानमन्त्रीबारे प्रतिक्रिया जनाउने सिन्धुपाल्चोकका ३४ वर्षीय लालबहादुर तामाङलाई पक्राउ गरेको हो ।प्रहरीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

अभियुक्त तामाङलाई विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको पनि महाशाखाले जानकारी गराएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...