दिपक मनाङेसँग भेटेपछि सुरेन्द्र केसी मिडियामा, गगन थापाको यसरी धज्जी उडाए (भिडियोसहित)

काठमाडौं, ७ जेठ । चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आफूले (दिपक मनाङे) भनिने प्रदेश सांसद राजिव गुरुङसँग बसेर ब्रेकफाष्ट मिटिङ गरेको र सामान्य वाताचित भएको स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

केसीले गगन थापाकै कारण नेविसंघमा भ्रष्टाचार भित्रिएको गम्भिर आरोप लगाए । उनले भने,”त्रि-चन्द्र क्याम्पसमा भ्रष्टाचारको बाढी पसेको छ । त्यहीबेलादेखि त्यहाँ बाढी पस्यो । किनभने विद्यार्थी युनियन हामीहरुले नै बनाएका हौं । त्यसको ठूलो आदर्श र मानकहरु थिए । तर, अहिले तपाई हेर्नुहुन्छ भने विगत १५ वर्षदेखि विद्यार्थी युनियनहरुको निर्वाचन भैरहेको छैन् ।”

फरक प्रसँगमा उनले छिमेकी देशमा हालै सम्पन्न भएको लोकसभाको निर्वाचनको चुनावी मत परीणामबारे अग्र आंकलन गर्दै नरेन्द्र मोदी पूनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । तर, यता नेपालको हकमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री नहुने र नेकपाका अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने उनको दाबी छ । त्यस्तै, पूर्व राजा ज्ञानेन्द्र शाह पूनः राजा बन्नेपनि उनको अर्को भविष्यवाणी छ ।


ताजा खबर

Loading...
Loading...
Loading...