कसरी छुट्दैछन् रेशम, अनिल झाको यस्तो घोषणा : ओलीविरुद्ध महागठबन्धन बनाउँछौं (भिडियोसहित)

काठमाडौं, ७ जेठ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् प्रतिनिधि सभा सदस्य अनिल झाले कैलालीबाट निर्वाचित आफ्नो पार्टीका नेता रेशमलाल चौधरीलाई जेलबाट अब छुटाउने अन्तिम तयारी भैसकेकोे स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले यस्तो खुलासा गरेका हुन् ।

झाले रेशम चौधरी दोषी नभएको उनको दाबी छ । उनले चौधरीको सवालमा अदालतबाट अन्तिम निर्णय आउन बाँकी रहेको पनि जनाए । झाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अब अर्को महागठबन्धन बनाउने पनि सनसनीपूर्ण खुलासा गरे । पार्टी अब एकल नेतृत्वको प्रणालीमा जानेपनि उनले अर्को खुलासा गरे ।


ताजा खबर

Loading...
Loading...
Loading...