Logo

पाँचथरमा दुई परिवारको ९ जनाको बीभत्स हत्या



काठमाडौं, ७ जेठ । पाँचथरको आरुबोटेमा दुई परिवारको ९ जनाको बीभत्स हत्या भएको छ । मंगलबार एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या रहेका छन् ।

एक जना बालिका घाइते भएकी छिन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्