नेकपा सांगठनिक एकतामा तनहुँको बन्दिपुरमा भाँडभैलो, असन्तुष्टी चुलिँदै

वैशाख ७, काठमाण्डौ । तनहुँको बन्दिपुर गाउँपालिकाको नव गठित नेकपाको समितिमा असन्तुष्टी चुलिएको छ ।

७५ सदस्यीय समितिमा योग्यता, क्षमता र योगदानका आधार नभै नातावाद, कृपावादका आधारमा सदस्य छानिएपछि विवाद चुलिएको हो ।

७५ जनामध्ये ३२ जनाले मात्र मंगलबार सपथ लिएका छन् । बाँकीले सपथ ग्रहण बहिष्कार गरेका हुन् ।

विद्या लामिछानेको नेतृत्वमा गठित समितिमा असन्तुष्टी चुलिएको हो । नेकपाका सांसद तथा केन्द्रिय सदस्य पिएलले खुवाएको सपथमा देखिएको दृश्यले आगामी दिनमा विावाद थप चुलिने देखिएको छ ।

नयाँ समितिमा पूर्व एमाले पक्षधरको असन्तुष्टी धेरै देखिएको छ भने पूर्व माओवादीका पनि करिब १५ जनाले सपथ बहिष्कार गरेका हुन् ।

असन्तुष्टीको समाधान गर्ने विषयमा छलफल भए पनि टुङ्गिने सम्भावना ज्यादै न्युन देखिएको पूर्व माओवादीको तनहुँ जिल्लाका सचिवालय सदस्य सुदिप पोख्रेलले बताए ।


ताजा खबर

Loading...
Loading...
Loading...