अमेरिकी राजदूतले दिए स्पष्टीकरण

काठमाडौं ९ जेठ ।नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको छ ।

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रम लगायत विषयमा जिज्ञासा राखेका थिए ।

newsपरराष्ट्र स्रोतअनुसार राजदूत बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसकेको भन्दै कुटनीतिको एउटा अंगका रुपमा आपसी संवाद र परामर्श जारी रहेको सचिव बैरागीलाई स्पष्ट पारेका थिए ।

अमेरिकी दूतावासले बुधबार ‘प्रेस नोट’ जारी गर्दै ‘जनतासँग प्रत्यक्ष जोडिनुलाई कुटनीतिको एक प्रमुख काम’ भनेको छ । –कान्तिपुर दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्