Logo

नौ जनाको अत्येष्टि सम्पन्न (तस्विरसहित)



पवन भट्टराई : पाँचथर, ९ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डको घटनामा ज्यान गुमाएका नौ जनाको आज अन्त्येष्टी गरिएको छ ।

हत्या गरिएका दुई परिवार मध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्यष्टी गरिएको छ । उनको परिवारमा उनकी श्रीमती पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको हत्या भएको थियो ।

त्यस्तै, सोही घटनामा हत्या गरिएका धनराज शेर्माको परिवारका ५ जनाको भने मिक्लाजोङ २ को सराङाडा बतासे भन्ने स्थानमा अन्त्यष्टी गरिएको हो । सराङडाडा शेर्माको पुर्खेउली घर हो । शेर्मा परिवारमा उनकी श्रीमती सस्मिता शेर्मा छोरीहरु युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो ।

संलग्न भनिएका फियाक परिवारका कान्छा ज्वाइ मानबहादुर माखिमको शव मंगलबार अपरान्ह झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलको शव भने परिवारलाई दिइएको छैन । प्रहरी प्रशासनले भने हत्यामा संलग्न दोषीलाई पत्ता लगाउनेगरि आफूहरुले खोजी गरिरहेको विश्वास दिलाएको छ । तस्विर : पवन भट्टराई/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्