गर्मी लागेसँगै राजधानीमा सिक्री लुटेरा सल्बलाए

काठमाडौं १० जेठ । धुम्बाराहीकी  क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तान्यो । ‘चोर चोर’ भन्दाभन्दै सिक्री लुटेर भाग्यो ।

सोमबार साँझ मोटरसाइकलमा आएका दुई जना उनको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपा चोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ पनि लुटिइन् । मोटरसाइकलमा आएका दुई जना उनको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे ।

newsगत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री उसैगरी लुटियो । चैत दोस्रो सातादेखि डेढ महिनामा उपत्याकामा यस्ता नौ घटना भएका छन् । प्रहरीले अभियुक्तलाई भने पक्राउ गर्न सकेको छैन । गर्मी सुरु भएपछि सिक्री लुटेरा सल्बलाउने विश्लेषण प्रहरीको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्