खै कहाँ हुन्छ खुशीको साइज ?

-डेभिड पाण्डे (स्याङ्जा)
शनिवार विदाको दिन । अरु दिन भन्दा केही बेर ढिला उठेँ । नुवाइधुवाई गरेँ । खाना बनाउन खासै जाँगर चलेन । केही कपडा किन्नु थियो । त्यसैले उठिसकेपछि बाहिर नै खाना खान्छु भनेर ढिला नगरि कोठाबाट निस्किए । करीब ११ बजेतिर भोटाहिटी गए । सयौँ पसल मध्ये एउटा पसल छानेँ । चिटिक्क पारेर सजाइएको थियो पसल ।

पसलमा गएर सर्टका केही थान कपडा हेरेँ । मन परेका जति लगाएर चेक गरेँ । ज्यान दुब्लो भएकाले होला मलाई टिपिक्क मिल्ने कुनै पनि सर्ट भएन । त्यसो त प्रायजसो सर्टहरु मैले किनेपछी फिट्टिङ गरेर लगाउने गर्थे । तर तत्काल शरीरलाई सुहाउने सर्ट भेटिन ।

त्यसपछि फरक फरक रङ र फरक फरक डिजाइनका टिसर्ट हेर्न थालेँ । पसलमा कोही ग्राहक थिएनन् । टिसर्ट चेक गर्दै थिएँ । त्यसै बखत एउटी अर्धबैँसे महिला सानो बच्चालाई हातमा दो¥याउँदै पसलमा छिरिन ।

बच्चाको उमेर लगभग ७–८ बर्षको थियो होला । बाबुलाई टिसर्ट पाइन्ट देखाउनुस् भन्दै पसलेसँग अनुरोध गरिन । पसलेले आफुसँग भएका भिन्न भिन्न केही थान कपडा देखायो ।

बच्चाले आफुलाई टिपिक्क मिल्ने खालको कपडा रोज्दै थियो । तर उसको आमा त्यो भन्दा अल्ली ठुलो साइजको कपडाको लागि बल गरिरहेकी थिईन । आमा भन्दै थिइन्–“ठुलो भईहाल्छस, अली ठुलो किन्नुपर्छ । टिपिक्कको किनियो भने अर्को बर्ष ठुलो भईहाल्छस अनी यो कपडा मिल्दैन ।”

ठुलो साइजको कपडा किन्ने आमाको रहर देख्दा मलाई मेरो बालापन सम्झिए । सानैदेखी दुब्लो खालको मेरो ज्यान । बजारमा पाइने कपडा टिपिक्क मिल्न कठिन नै हुन्थ्यो । मेरो आमाले पनि सकेसम्म टिपिक्क भन्दा अल्ली ठुलो साइजको कपडा किन्न मै जोड गर्नुहुन्थ्यो ।

त्यतिबेला पनि खुशीका रङ्गहरु रङ्गिन नै भईरहे ।
तर केही फिक्का महसुस हुन थाल्यो ।
त्यही प्रकृया अहिलेसम्म चलिरहेको छ ।
भोटाहिटीको ति आमाछोराको दृश्यले मलाई बालापन याद दिलायो ।

मैले भोटाहिटीमा भेटेकी महिला जस्तै । कारण दुवैको एउटै (अर्को बर्ष ठूलो भएसी कपडा मिल्दैन फेरी किन्नुपर्छ भनेर । टिपिक्क मिल्ने कपडा लगाउनको लागि आमालाई कर गर्न पनि कहिल्यै सकिएन । अर्को बर्ष ठूलो हुन्छस् अनी मिल्दैन भनेर आश्वासन दिनुहुन्थ्यो । अर्थात भनौँ ठुलो बन्ने लोभ देखाउनुहुन्थ्यो । म त्यही लोभमा लिप्त हुन्थेँ । सायद ठुलो बन्ने रहर पनि त्यही बेलादेखि जागेको हो ।

कहिले कहिले बजार जादा किनेका आफुभन्दा ठुलो कपडा, नयाँ कपडा लिएर घर फर्किन्थ्यो । बजारमा गएर नयाँ कपडा किनेर घर पुग्नासाथ साथीलाई देखाउन कै लागि त्यसै दिन नै कपडा लगाउनुपथ्र्यो । ति नयाँ कपडा, आमाले मामाघर जाँदा लगाउनुपर्छ अहिले नलगाउ बाबु भनेर भन्नुहुन्थ्यो । तर सुने पनि नसुने जस्तो गर्थेँ । केही लागेन भन रोएरै भए पनि आफ्नो जिद्धी पूरा गरेरै छाड्थेँ ।

साइज नमिलेर पो के भो ? आफुले आफुलाई हिरो भएजस्तो लाग्थ्यो । त्यसैमा खुशी भईन्थ्यो, खै कहाँ हुन्छ खुशीको साइज ? खै त अहिले त्यो खुशी ?

हजारौ खुशी त्यही ठुला कपडा अथवा आफुलाई नमिल्ने कपडा मै थिए । तर त्यो खुशी आजसम्म आउँदा हराउदै गएको छ । आँफैलाई नमिल्ने कपडा लगाउँदा पनि आफ्नो जती राम्रो कपडा कसैको छैन होला जस्तो गरी साथीलाई देखाइन्थ्यो ।

जब एकल अंकको उमेरबाट दोहोरो अंकको उमेरमा प्रवेश गरियो, त्यतिबेला पनि आमाले मलाई ठुलो साइजकै कपडा किन्नमा बल गर्नुभयो । म नाइ भन्न सकिन । त्यतिबेला पनि आफुलाई एकदमै सुहाएजस्तो लाग्थ्यो ।

एसएलसी पास गरेपछी पढ्नको लागि बजार गए । कपडा चाडपर्व वा अत्यन्तै खाँचो भएको समयमा मात्र किनिन्थ्यो । दिदीसँग बस्ने हुँदा मेरो लागि अलि ठूलो साइजको कपडा किनिदिनको लागि दिदिलाई आमाको निर्देशन हुन्थ्यो ।

त्यतिबेला पनि ठुलो साइजकै कपडा लगाए । त्यतिबेला पनि खुशीका रङ्गहरु रङ्गिन नै भईरहे । तर केही फिक्का महसुस हुन थाल्यो । क्याम्पसको पढाइ सकेपछी आफुलाई चाहिने कपडा आँफै किन्न जान थालेँ । आफुलाई टिपिक्क मिल्ने खालको कपडा किन्थे । त्यसदिन खुशीका भेलहरु फुटेजस्तो लाग्थ्यो, आफु एकदमै स्वतन्त्र भएजस्तो लाग्थ्यो ।

जुनदिन कपडा किन्यो त्यही दिन नयाँ अनी टिपिक्क हुने कपडा लगाएर श्रीनगर घुम्न जाँदा वास्तवमै आनन्दको महसुस भएको थियो । तर अर्को दिनदेखि ति कपडा फिट्टिङ नै भए पनि आफुलाई एकदमै मन परे पनी फिक्का लाग्न थाल्यो ।

त्यही प्रकृया अहिलेसम्म चलिरहेको छ । म कपडा किन्न जान्छु , आफुलाई फिटिङ हुने टिपिक्कको कपडा किन्छु । किन्दाको दिन खुशी लाग्छ तर अर्को दिनदेखी खै हराउछन ति खुशीहरु ?

तर आमाले मेरो साइजभन्दा ठुलो किनिदिएको कपडाबाट कहिल्यै पनि खुशी हराएनन, कहिल्यै पनि खुशी घटेनन चाहे त्यो ठुलो होस् चाहे त्यो पुरानो नै ।

बेलाबखतमा अहिले पनि आमाले मलाई कपडा किनिदिनुहुन्छ ठुलै साइजको । आमासँगै कपडा किन्न जाँदा फिट्टिङ कपडा रोज्छु, तर मम्मी भन्नुहुन्छ–“पछी मोटो भईहाल्छस , अल्ली ठुलो साइजको किन्नपर्छ ।” खै कसरी नाइ भनु त्यो आश्वासन ?

भोटाहिटीको ति आमाछोराको दृश्यले मलाई बालापन याद दिलायो । बच्चाको लागि ति महिलाले ठुलो साइजकै कपडा किनिन र गईन । म पनि आमालाई सम्झिदै ठूलैसाइजको सर्ट किनेर फर्किए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्