नेपालको आन्तरिक राजनीतिमा कहिल्यै हस्तक्षेप गर्दैनौं : भाजपा बरिष्ठ नेता मुरली मोहन जोशी

नयाँ दिल्ली, ११ जेठ । भारतीय जनता पार्टीकै अर्का बरिष्ठ नेता मुरली मोहन जोशीले पनि नेपाल–भारत सम्बन्ध सुमधुर रहेकोले आगामी दिनमा थप मजबुद हुने स्पष्ट पारे ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले आड्वाणी निवासमा पुगेर गरेको कुराकानीमा उनले यस्तो बताएका हुन् । जोशीले नेपालमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता, वा हिन्दूराष्ट्र जे भएपनि त्यसमा आफूहरुको कुनै हस्तक्षेप नहुने बताए ।

उनले भने,‘नेपाललाई के बनाउने ? वा के नबनाउने भन्ने विषय त्यो नेपाल र नेपाली जनताले नै तय गर्ने कुरा हो । नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्देन् ।’

भारतमा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको सुनाउँदै उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै बलियो हुने विश्वास दिलाए ।


ताजा खबर

Loading...
Loading...
Loading...