कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस मनाइने

प्रेस सङ्गठन, नेपालले पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’को १७औँ स्मृति दिवस मनाउने निर्णय गरेको छ । सङ्गठनका संयोजक महेश्वर दाहालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकले आउने सोमबार दिवस मनाउने निर्णय गरेको सङ्गठनका सहसंयोजक गणेश बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बैठकले ७७ वटै जिल्लामा सङ्गठनको आयोजनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने निर्णय गरेको छ । बैठकले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ र ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ पुरस्कार सिफारिश समिति गठन गरेको सहसंयोजक बस्नेतले बताउनुभयो ।

पुरस्कार सिफारिश समितिको संयोजकमा बलराम थापा र सदस्यमा सइन्द्र राई, देविका घर्ती मगर, मनोज घर्ती मगर र टेकराज थामी रहनुभएको छ । काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा स्मृति दिवस मनाइने भएको छ ।

दिवसलाई भव्य बनाउनका लागि आज सङ्गठनको उपत्यकास्तरीय भेलासमेत भएको थियो । भेलामा संयोजक दाहालले एकीकृत भावनाका साथ देशव्यापी क्रियाशील हुन आह्वान गर्दै मिडिया काउन्सिल विधेयक आवश्यक भएको बताउनुभयो ।रासस


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्