सुरक्षाको चुनौती तर्कसङ्गत हुनुपर्ने हुवावेको दावी

चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।

जर्मनीको पोस्टडममा शुक्रबार सम्पन्न नेटवर्क सुरक्षा सम्मेलनमा हुवावे कम्पनीका उप प्रबन्धक हु हौ खुनले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि आउने तर्कपूर्ण कुरालाई कम्पनीले सम्बोधन गरेर अघि बढ्ने बताउनुभयो ।

उप प्रबन्धक हुले सम्मेलनमा सम्बोधन गर्दै उक्त विचार व्यक्त गर्नु भएको हो । उहाँले डिजिटल प्रबिधिको तीब्र विकासले धेरै नयाँ सुरक्षा चुनौतीहरू ल्याउँने र कूनै व्यक्ति, व्यवसाय वा मुलुकले यी चुनौतीहरू व्यक्तिगत रूपमा सामना गर्न नसक्ने भन्दै सम्बन्धित सबै पक्षले तथ्यहरूको आधारमा जोखिम मूल्यांकन गर्दै संयुक्त रुपमा सहयोग गर्न आह्वान गर्नुभएको हो ।

उहाँले हुवावे कम्पनीले डिजिटल सुरक्षालाई व्यापारिक हितभन्दा माथि राखेको भन्दै यो हुवावेको सम्पूर्ण खुल्ला पारिस्थितिको प्रणालीमा लागू भएको उल्लेख गर्नुभयो ।

अमेरिकी सरकारले हालै हुवावे प्रतिबन्ध लगाएको छ । सोबारे उहाँले हुवावेले अनौठो आरोप र धेरै अनुचित प्रतिबन्ध पाएको छ भन्दै यसले हुवावे हजारौँ आपूर्तिकर्ताहरू र उपभोक्ताहरूलाई नकारात्मक प्रभाव पारेको औँल्याउनुभयो । यो द्रुत निर्णयले विश्वव्यापी आपूर्ति शृङ्खलालाई असर गरेको भन्दै बजार प्रतिस्पर्धामा बाधा पुगेको र अन्तर्राष्ट्रिय व्यापारिक मान्यताहरुको उल्लङ्घन भएको उहाँले बताउनुभयो ।एजेन्सी


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्