Logo

Latest Update : सुकेधारा र घट्टेकुलोमा ग्यास सिलिण्डर विष्फोट, ३ जनाको मृत्यु



काठमाडौं, १२ जेठ । सुकेधारास्थित ढलाने पुल नजिकै ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोट हुँदा ३ जनाको मृत्यु भएको हो। ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसरका अनुसार सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको बुझिएको छ ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । यस्तै, घट्टेकुलोमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ । अनामनगरमा एक घरमा बम बनाउँदै गर्दा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुने नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता भएको प्रहरीको दावी छ ।

सो स्थानमा अन्य विस्फोटक पदार्थसमेत रहेको आशंकामा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही शंकास्पद वस्तु रहेको भन्दै प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्