निजी विद्यालय चार दिन बन्द हुने

दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गरिने भएको हो ।

प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७ गतेसम्म बन्द हुनेछन् । प्याब्सन र एनप्याब्सनले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी सो जानकारी गराएका हुन् । अत्यधिक गर्मीका कारण विभिन्न रोगको सङ्क्रमण बढ्ने भएकाले विद्यालय बन्द गर्नुपरेको प्याब्सन अध्यक्ष रेशमबहादुर बुढा र एनप्याब्सन अध्यक्ष भीमबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ताजा खबर

Loading...
Loading...
Loading...