घट्टेकुलो बमकाण्डमा संलग्न सात जना पक्राउ, ठुलो मात्रामा बिस्फोटक पदार्थ बरामद

काठमाडौं,१२ जेष्ठ । आईतवार बेलुका राजधानी बिस्फोटको घटनाले त्रसित बन्यो । काठमाडौका बिभिन्न ठाँउमा बिस्फोटको घटनाले मानिषमा एक प्रकारको त्रास पैदा गरायो । बिभिन्न स्थानमा शंकास्पद बस्तु फेला परे । बिस्फोटमा परि मृत्युहुनेको संख्या बढ्दै गएको छ ।

त्यस्तैमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, तेजराज काफ्ले, तेजबहादुर मोक्तान र बुद्धि सुनुवारलाई प्रहरीले घटनामा संलग्न भएको आरोपमा कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरु घट्टेकुलो बिस्पोट काण्डमा संलग्न रहेको बताइएको छ । उनीहरु बम लिन घट्टेकुलो पुगेका र त्यहाँ अकस्मात विस्फोट भएपछि भागेर कोठामा जादै गरेका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको जनाइएको छ ।उनीहरूलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेर कोटेश्वर वृत्तको जिम्मा लगाएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको छ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्