सिलिण्डर बम विस्फोट : कोटेश्वरबाट सात पक्राउ (नामसहित)

काठमाडौं, १२ जेठ । घट्टेकुलाेमा सिलिण्डर बम विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाका बर्ष ३७ का आशिष तामाङ भन्ने डम्बर तामाङ, सल्यान बागचौर ४ का चित्र बहादुर ओली, भक्तपुर मध्यपुर ठिमीका ३६ वर्षीय राकेश श्रेष्ठ,  ३१ वर्षीय बुद्धिबहादुर सुनार, रोल्पाका ३६ वर्षीय बुद्धिलाल पुन, झापाका ५१ वर्षीय तेजराज काफ्ले र  ५२ वर्षीय तेजबहादुर मोक्तान रहेका छन् ।

पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ। उनीहरूलाई सशस्त्र प्रहरीकाे विशेष टाेलीले पक्राउ गरेर काेटेश्वर वृत्तकाे जिम्मा लगाएकाे छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाे प्रहरीले रिपोर्टर्स नेपाल डटकमलाई जनाएको छ ।

तस्विर :मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम


ताजा खबर

Loading...
Loading...
Loading...