विप्लवले सुरक्षा निकायमाथि आक्रमण नगर्ने

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नभएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै सरकारले नियोजित रुपमा गलत प्रचारवाजी गरिरहेको आरोप समेत लगाएका छन् ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ को छेस्कामको प्रहरी चौकीमाथि विप्लव नेतृत्वको नेकपाले आक्रमण गर्न खोजेपछि त्यहाँ खटिएका प्रहरीहरुले चौकी छाडेको घटना बाहिर आएपछि प्रकाण्डको विज्ञप्ति सार्वजनिक भएको हो ।

विज्ञप्तिमा भनिएको छ,‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट गर्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप त्यसप्रकारको त्यो समाचारमा ल्याएकोमा स्पष्ट गर्न चाहन्छौं ।’

प्रकाण्डले विज्ञप्तिमार्फत् ‘ओली–प्रचण्ड सामाजिक दलाल सरकार’ भनेका छन् । प्रकाण्ड कुनैबेला प्रचण्ड नेतृत्वको नेकपा माओवादीका प्रभावशाली नेता थिए ।

यसअघि घट्टेकुलोमा बम बनाउँदै गर्दा भएको बम बिष्फोटपछि नेकपाले पूर्व आइजीपी सिंहबहादुरको घरमा आक्रमण गर्ने योजना बनाएको समाचारप्रति पनि विप्लव नेतृत्वको नेकपाले खण्डन गरिसकेको छ । विप्लवको एकपछि अर्को खण्डनले सरकार र विप्लव नेकपाबीच प्रोपोगान्डा युद्ध चल्न थालेको त होइन भन्ने प्रश्न उब्जिएको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...