जसले अर्बपतिलाई चुनावमा हराए

काठमाडौँ । सानो घर, एउटा साइकल, एक सामान्य जीवनशैली अंगालेका नागरिक, साइकलमार्फत चुनाव प्रचार अनि चुनावपछि पनि उस्तै जीवनशैली । चुनावमा विपक्षीका अर्बपतिलाई भारी मतान्तरले पराजित गर्ने व्यक्ति पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा अटाएका छन् ।मोदीको ५७ सदस्यीय मन्त्रिपरिषद्मा उनले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । जसको चर्चा संसारभर हुन थालेको छ किनकी अति सामान्य जीवनशैलीका उनका विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन ।

उनी हुन् भारतीय जनता पार्टीको तर्फबाट बाला सोर लोकसभा सीटमा विजयी भएका प्रताप चन्द्र सारङ्गी । जब उनले राज्य मन्त्री पदका लागि शपथ लिन मञ्चमा उपस्थित भए, तब सभाहल तालीको गड्गडाहटले भरियो । उनी ओडिशा राज्यका मोदीको रूपमा पनि चिनिन्छन् । सामान्य जीवनशैलीका सारङ्गीले बीजेडीका सांसद एवं अरबपती उम्मेद्वार रवीन्द्रकुमार जेनालाई भारी अन्तरले पराजित गरेका थिए । अटो रिक्सा मार्फत उनले र्‍याली निकालेका थिए । भारतको खर्चिलो चुनावमा उनले पैसा खर्च नगरिकनै चुनाव जितेका हुन्।

चुनावपछि पनि उनी झोला बोकेर उनी सामान्य नागरिक जस्तै सडकमा हिँड्छन् । सन् २००४ र सन् २००९को चुनाव पनि उनले त्यसै गरी जितेका थिए । सानो घर, एउटा साइकल उनका साथी हुन । मोदी जस्तै सन्न्यासी जीवनशैलीका कारण उनी भारतमा मात्र नभएर अहिले संसारभर चर्चामा छन् । एजेन्सीको सहयोगमा


ताजा खबर

Loading...
Loading...
Loading...