Logo

कैलालीमा भीषण हावाहुरी : एकको मृत्यु, ४० बढि घाईते



काठमाडौं, २३ जेठ । आज साँझ आएको हावाहुरीमा परी कैलालीमा एक जनाको निधन भएको छ। हुरीका कारण कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको प्रहरी प्रशासनले जानकारी गराएको छ ।

हावाहुरीका कारण ४० भन्दा बढी घाइते भएका छन् । हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।



प्रतिक्रिया दिनुहोस्