Logo

पत्नी हराएर पति हैरान



जवानीमा चढेका र विवाहिता महिलाहरु हराउने क्रम बढ्दै गएको छ । नेपाल प्रहरीको इन्टरपोल सेक्सनले जारी गरेको कुल तीन सय ३३ हराएकाहरुको सूचीमा दुई सय ११ महिला छन् भने पुरुषको संख्या एक सय ११ छ ।

हराएका महिलाहरुमध्ये अधिकांशको खोजीका लागि पिता, पति र सासुससुराबाट उजूरी पर्ने गरेको छ । नेपाल प्रहरीका अनुसार निकै प्रयास गर्दा पनि फेला नपरेपछि इन्टरपोलमा हराएको सूचीमा विवरण राख्ने गरिएको छ ।

हराएका महिलामध्ये अधिकांश १६ देखि ३० वर्ष उमेर समूहका छन् । उक्त उमेर समूहका एक सय ४८ जना महिलाको खोजीका लागि इन्टरपोलमा तस्वीरसहित नोटिस जारी गरिएको छ ।

  •  हराउनेको सूचीमा १६ देखि ३० वर्ष उमेर समूहकाको संख्या बढी
     पत्नी हराएर पतिको उजूरी

हराएका दुई सय ११ महिलामध्ये १६ वर्षमुनीका ११ जना छन् । ३० देखि ५० वर्ष उमेर समूहका ४७ जना छन् । ५० वर्ष माथिका पाँच जना मात्र हराएका सूचीमा छन् जसमध्ये दुईजना वृद्धा हुन् ।

पत्नी हराएर पति हैरान

धादिङकी २२ वर्षीया देवकी श्रेष्ठ ५ जेष्ठबाट हराएपछि उनका पति सृजन श्रेष्ठले उजूरी दिएका छन् । ललितपुरकी १९ वर्षीया गीता महर्जन २० वैशाखबाट हराएपछि उनको खोजी भइरहेको छ । पति संजु महर्जनले श्रीमती हराएपछि प्रहरीमा उजूरी दिएपनि भेट्न सकेका छैनन ।

मोरङका दिपक अधिकारी २९ वर्षीय पत्नी सृजना अधिकारीको खोजीमा छन् । १६ वैशाखबाट हराएकी उनीबारे प्रहरीले नोटिस जारी गरेको छ । मोरङकी रोशना गुरुङ १० वैशाखबाट हराएपछि पति सन्तोष तमु गुरुङले उजूरी दिएका छन् ।

२७ वर्षीया फुलमाया शेर्पा १० वैशाखबाट हराएपछि पति दोर्जे शेर्पा खोजीमा छन् । ११ वैशाखमा मोरङबाट हराएकी माया कार्कीको खोजीका लागि पति खेमराज भट्टले उजूरी दिएका छन् । ३२ वर्षीया पत्नी बुद्धमाया दर्जी २१ वैशाखदेखि झापाबाट हराएपछि पति चन्द्रबहादुरले उजूरी दिएका छन् । इलामबाट कल्पना योक्पाङदेन ६ वैशाखबाट हराएकी थिइन् । उनी फेला नपरेपछि परिवार चिन्तामा छ । ३५ वर्षीया तारा मगर १४ वैशाखबाट हराएपछि पति कर्णबहादुरले उजूरी दिएका छन् ।

८ वैशाखबाट हराएकी २८ वर्षीया अस्मिता बल ब्लुन अझै फेला परेकी छैनन् । संखुवासभाकी २२ वर्षीया अनिता गुरुङ १ वैशाखबाट हराएपछि पति लिलाबहादुरले उजूरी दिएका छन् । २४ वर्षीया

फेला परेपनि नफर्कने धेरै

सर्मिला राई ९ वैशाखबाट हराएपछि पति गौरबहादुर खोजीमा छन् । मोरङकी कुमारी गुरुङ ४ चैत्रबाट हराएपनि फेला परेकी छैनन् । उनलाई इन्टरपोलले हराएको सूचीमा राखेको छ ।

सिन्धुलीकी निराकुमारी सिदाली गत वर्षको ३ पौष देखि हराएपनि फेला परेकी छैनन् । बच्चाकी आमा निराको खोजीका लागि पति गंगाले उजूरी दिएका छन् ।

सिन्धुलीकी ३० वर्षीया तर्कुमाया तामाङ गत वर्षको ७ मंसिरबाट हराएपछि पति पञ्चलाल वाईवा खोजीमा छन् । रामेछापकी २७ वर्षीया सबिता भुजेल हराएपछि पति हेमानध्वज चिन्तामा छन् । गुल्मीकी ३२ वर्षीया सम्झना खड्का गत वर्षको मंसिर १० बाट हराइरहेकी छिन् ।

सर्लाहीकी आशा श्रेष्ठ गत वर्षको असोज ११ बाट हराएपनि फेला परेकी छैनन् । २२ वर्षीया अञ्जिता क्षेत्री गत वर्षको असोज ११ बाट हराएपछि पतिसहित परिवार खोजी गरिरहेको छ । नभेटिएपछि उनको विवरण इन्टरपोलको खोजी सूचीमा छ ।

सल्यानकी २६ वर्षीया यमुना वली गत वर्षको मंसिर ९ मा हराएकी छिन् । परिवारले प्रहरीमा उजूरी दिएपनि अझै भेटिएकी छैनन् । गोरखाकी २० वर्षीया पार्वती खत्री हराएको एक वर्ष पुग्दैछ । पति दिवसले उनको खोजीका लागि प्रहरीमा उजूरी दिएका छन् । गोरखाकै मञ्जु गैरे हराएको एक वर्ष पुग्दैछ ।

ते¥हथुमकी २७ वर्षीया सरिता लिम्बु ३० हजार लिएर हराएको एक वर्ष पुरा हुँदैछ । इन्टरपोलको हराएको सूचीमा उनको विवरण राखिएको छ । झापाकी २४ वर्षीया सर्मिला खाती हराएपछि पति रोशनले उजूरी दिएका छन् । झापाकै ३३ वर्षीया सुस्मिता राई हराएको १० महिना पुगेको छ । उदयपुरकी २१ वर्षीया रन्जना कुमारी राउत हराएको एक वर्ष पुग्न लाग्दा पनि फेला परेकी छैनन् ।

२६ वर्षीया रिता तामाङ हराएको एक वर्ष बितिसकेको छ । पति मनबहादुरले प्रहरीमा उजूरी दिएपछि उनलाई हराएको सूचीमा राखिएको छ । पाल्पाकी चमेली श्रेष्ठ, २९, हराएको एक वर्ष बितिसकेको छ । २५ वर्षीया रन्जिता घर्ति हराएको एक वर्ष बितिसक्दा पनि फेला परेकी छैनन् । पति थमनबहादुरले खोजीका लागि प्रहरीमा उजूरी दिएका छन् ।

हराएकाहरु फेला परेपनि फर्कने सम्भावना कमै रहने गरेको छ । कतिपयले अर्को विवाह गरिसकेको पाइने गरेको छ ।
बुहारी हराएपछि सासुससुरा पीडामा

३२ वर्षीया बुहारी तारा तामाङको खोजीका लागि उनका ससुराले उजूरी दिएका छन् । १९ वर्षकी रन्जु लिम्बु खापुङ १२ वैशाखबाट हराएपछि ससुराले प्रहरीमा उजूरी दिएका छन् ।

रामकुमार बराइली, ३०, हराएपछि सासु मैतीमायाले उजूरी दिएकी छिन् । तनहुँकी २४ वर्षीया बिनुमाया गुरुङ, ३५ वर्षीया नानुमाया गैरे, २२ वर्षीया रन्जना काफ्ले ३१ वर्षीया विष्णुमाया आले, सुनसरीकी २५ वर्षीया वर्षा थापा मगर, २३ वर्षीया सन्तोषी श्रेष्ठ, कपिलवस्तुकी २५ वर्षीया निलम भर, लमजुङकी २७ वर्षीया सरु दिक्षित हराएको दुई वर्ष बितिसक्दा पनि फेला परेकी छैनन् ।

कास्कीकी ३० वर्षीया गिता वि.क., तनहुँकी २२ वर्षीया रुपा श्रेष्ठ, २१ वर्षकी सिमा बोटे, ३० वर्षीया शान्ति गुरुङ, पाल्पाकी २७ वर्षीया सरिता राना, २६ वर्षीया जसमला बिक, ३१ वर्षीया मिना गैरे, ४१ वर्षीया माया थापा, गुल्मीकी ३२ वर्षीया सुनिता राना, भक्तपुरकी २१ वर्षीया कविता ठकुरी, रामेछापकी २६ वर्षीया कल्पना कार्की, लमजुङकी २७ वर्षीया सरस्वती परियार, लमजुङकी १९ वर्षीया मनिषा खनाल श्रेष्ठ, गोरखाकी २६ वर्षीया बिमाया गुरुङ, लमजुङकी २२ वर्षीया बिमला बस्नेत, ३६ वर्षीया गीता बुढाथोकी हराएको तीन वर्ष पुगिसक्दा पनि फेला परेका छैनन् । उनीहरुको विवरण इन्टरपोलमा राखिएको छ ।

हराएकाहरु कहाँ छन्

विगतमा पनि हराएका महिलाहरुबारे उजूरी आउने गरेको थियो । विवाह गरेर हराएकाहरुमध्ये अधिकांश घरपरिवार छाडेर अर्को केटा साथी खोजेर भागेको भेटिएको छ ।

प्रहरीको उजूरीमा समेत पुरुषको नाम उल्लेख गरी सँगै भागेको भन्ने समेत रहेको छ । मोरङकी २३ वर्षीया निलम सुन्दास गत वर्षको साउन ३१ मा देवकुमार चौधरीसँग भागी हिंडेको भनी उजूरी परेको छ । पति वैदेशिक रोजगारीमा गएपछि पत्नीहरु अर्को केटासँग भाग्ने गरेको घटना बढेको छ । कतिपय महिला घरेलु हिंसा असह्य भएर घर छाड्ने गरेका छन् ।

विवाहित महिलाहरु घर छाडेर वेपत्ता हुनुको मुख्य कारण समाजमा विवाह संस्था कमजोर हुँदै जानु पनि मुख्य कारण हो । तिव्र शहरीकरण, भौतिकवादी सोचले मानिसमा तनाव बढ्न गई पति पत्नीको सम्बन्ध बिग्रदा समस्या आउने गरेको छ । सामाजिक र आर्थिक संरचनाहरु खलबलिदा परिवारमा समेत असर पर्न गई समस्याहरु विकराल बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्