कास्कीबाट समातिए १८ जना योद्धा

जेठ २६, काठमाण्डौ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी पनि छन् ।

त्यसैगरी पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन् ।

अन्नपूर्ण गाउँपालिका– ११ बाट उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो । घान्द्रुक क्षेत्रमा विप्लव माओवादीका कार्यकर्ताको गतिविधि बढेको जानकारी आएपछि प्रहरीले चासो दिएको थियो ।

सोही आधारमा लामो दुरीको गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु एक सामुदायिक भवनमा बसेर छलफल गरिरहेका थिए ।

पक्राउ परेकालाई राति नै कास्की प्रहरी कार्यालयमा ल्याइएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीमा राखेर थप अनुसन्धान भइरहेको छ ।


ताजा खबर

Loading...
Loading...
Loading...