गगनको आरोप : कम्युनिष्टले काङ्ग्रेससँग डराएर पार्टी एकता गरे

अछाम, २६ जेठ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको सनसनीपूर्ण घोषणा गरेका छन् ।

जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए ।

काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काँग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गरे । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो ।

उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उनले जोड दिए।


ताजा खबर

Loading...
Loading...
Loading...