सारेगमपमा तेस्रो भए प्रितम

भारतका चर्चित शोहरुमा नेपालका धेरै व्यक्तिहरुले जित हासिल गरेका छन् । नेपालीहरुको अथाहा साथ र सहयोग अनी उनीहरुको क्षमताले गर्दा विश्वलाई एक नयाँ परिचय दिनको लागि नेपालीहरु सफल भएका छन् । यस्तै, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको चर्चित भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।

जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भए । त्यस्तै, अर्का नेपाली बालक प्रीतम केसी भने चौथो स्थानमा झरेका छन् । हजारौं प्रतियोगीहरुलाई पछि पार्दै फाइनलमा ६ जना पुगेका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पार्दै आएका थिए । २०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेको उनको परिवारले बताएको छ । कक्षा ६ मा अध्ययनरत आर्चाय २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा पनि दोस्रो भएका थिए ।


ताजा खबर

Loading...
Loading...
Loading...
    यो पनि पढ्नुहोस्