एक तिहाई मन्त्री फेरिने महेश बस्नेतको घोषणा (भिडियोसहित)

काठमाडौं, २९ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले नेपालमा राजसंस्थाको भविष्यबारे नयाँ खुलासा गरेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै बस्नेतले पार्टीको आगामी महाधिवेशनअघि मतदानबाट नेतृत्वको टुँगो नलाग्ने पनि दाबी गरे । उनले आलोपालो प्रधानमन्त्री चलाउने विषयमा पनि केही दिनमात्रै चर्चा भएको र स्वयम प्रचण्डले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेर द्धिविधा प्रष्ट्याएको दाबी गरे ।

उनले मन्त्रिमण्डल पनि छिट्टै पूनर्गठन हुने जानकारी दिए । उनकाअनुसार राम्रो काम गर्ने मन्त्रीहरुलाई यथावत राख्ने र नराम्रो काम गर्नेलाई हटाएर नयाँ मन्त्री ल्याउने ओलीको तयारी छ ।


ताजा खबर

Loading...
Loading...
Loading...